काठमाडौं । सूर्यग्रहण र चन्द्रग्रहण दुई खालका हुन्छन्( खग्रास र खण्डग्रास।

खग्रास भनेको पूरै ढाकिने खालको हो भने खण्डग्रास भनेको अलिकति मात्र ढाकिने हो।

यो खण्डग्रास सूर्यग्रहण हो। यसमा चन्द्रमाले सूर्यलाई पूरा नभई आधाजति मात्र ढाक्छ। वास्तवमै यो सूर्यग्रहण अलि दुर्लभ खालको हो। किनभने यो चुराजस्तो हुन्छ।

यसमा बीचमा केही देखिँदैन र सूर्य सुनको बालाजस्तो देखिन्छ। त्यसको कारण के हो भने अहिले चन्द्रमा पृथ्वीभन्दा निकै टाढा छ। त्यसले गर्दा चन्द्रमाले सूर्यलाई पूरै ढाक्न सक्दैन र सुनौलो बालाजस्तो हुन्छ।

यो सूर्यग्रहणलाई हामी पूरै देख्न सक्दैनौँ। काठमाडौंबाट ३९ प्रतिशत मात्र देख्न सक्छौँ।

खग्रास सूर्यग्रहण चाहिँ ३७५ वर्षपछि मात्र देख्न सकिन्छ। हामीले जीवनकालमा देख्न सक्दैनौँ।

Please follow and like us:

Comments