काठमाडौं, पुस १३ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेलहरु सकिएका छन् ।

चौथो चरणका खेलहरु भोलिदेखि हुनेछन् । भोलि न्युरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबसँग खेल्दा मनाङ मस्र्याग्दीको भिडन्त फ्रेण्ड्स क्लबसँग हुनेछ ।

तेस्रो चरणसम्म आईपुग्दा लिगमा साविक विजेता मनाङले अग्रता लिएको छ । मनाङले शतप्रतिशत जित निकाल्दै ३ खेलबाट ९ अंक जोडेको छ ।

७ अंक जोडेको थ्रीस्टार क्लब दोस्रो स्थानमा रहँदा ६–६ अंक जोडेका मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् ।

फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लब अंकको खाता नखोली तालिकाको अन्तिम दुई स्थानमा छन् । जारी लिगमा अहिलेसम्म २१ वटा खेल सकिएका छन् ।

तीन खेलमा तीन गोल गरेका च्यासलका सन्तोष साहुखल सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । ए डिभिजन लिगमा सय गोलको संघारमा रहेका सन्तोसले कुल ९९ गोल गरेका छन् ।

यो लिगमा अहिलेसम्म तीन वटा रातो कार्ड देखाइएको छ । एनआरटीका जोर्डन जुनियर नेदाम्बा, नेपाल पुलिसका अन्जन राई र मनाङका एकराज बुढाथोकीलाई रातो कार्ड देखाइएको छ ।

Please follow and like us:

Comments