मेलबर्न । अष्ट्रेलियामा १० वर्ष बसेका विद्यार्थी आफ्नो कोर्स पुरा नगरेका कारण समस्यामा परेका छन् । कोर्स पूरा नगरेकै कारण १० वर्ष अष्ट्रेलियामा बसेका भारतका ती विद्यार्थीको भिसा रद्द भएको हो ।
नाम नखुलाईएका ती विद्यार्थी सन् २००९ मा पहिलो पटक अष्ट्रेलिया आएका थिए । त्यसपछि उनी विद्यार्थी र एसोसिएटेड ब्रिजिंग भिसामा रहँदै आएका थिए । २०१६ नोभेम्बरमा रजिस्टर्ड कोर्समा भर्ना भएका उनले २०१६ मा विद्यार्थी भिसा प्राप्त गरेका थिए । तर मार्च २०१७ मा उनको COE रद्द भयो । र, २०१८ जनवरी सम्म उनी त्यो फुल टाइम रजिस्टर्ड कोर्स पढ्नको लागि गएनन् । त्यसपछि उनको भिसा रद्द भयो ।
ती विद्यार्थीले आफूले अष्ट्रेलियामा कोर्स सकेपछि भारतको पन्जाब फर्किएर होटल व्यवसाय गर्ने सोंचका साथ २०१६ मा उक्त कोर्समा भर्ना भएको बताएका छन् । त्यससमय सम्मका अरु कोर्स पनि उनले पूरा गरेका थिए । उनका अनुसार, २०१६ को अन्त्यमा गर्लफ्रेन्डसंग ब्रेकअप भएपछि उनले अत्यधिक मदिरा सेवन गर्न थाले र डिप्रेसनमा समेत गए । जसका कारण उनले आफ्नो करियर र पढाइमा ध्यान दिन सकेनन् ।
Source : SBS News

Comments