मेलबर्न । अष्ट्रेलियाको नेपाली समुदायमा आयोजित जीएनसीभी फुटबल लिगमा मेलबर्नको युनाइटेड फुटबल क्लब विजयी बनेको छ । आइतबार सम्पन्न फाइनल खेलमा युनाइटेड एफसीले द हिमालयन टाइगर्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
गोर्खा नेप्लिज कम्युनिटी भिक्टोरिया ( जीएनसीभी ) ले विगत १८ वर्ष देखि आयोजना गर्दै आएको फुटबल लिगमा युनाइटेड एफसी दश पटकसम्म फाइनलमा प्रवेश गर्न सफल भएको छ । युनाइटेडले उपाधि जितेको भने यो पाँचौ पटक हो । यो जितसंगै उक्त लिगमा पाँच पटक उपाधि जित्ने पहिलो क्लबको रुपमा युनाइटेडले आफ्नो नाम दर्ता गरेको छ ।
बन्डुराको आरएमआइटी स्पोर्ट्स सेन्टरमा भएको फाइनल खेलमा युनाइटेडका कप्तान सजन थापा ‘उत्कृष्ट खेलाडी’ र ‘म्यान अफ द म्याच’ घोषित भए । युनाइटेडका उप-कप्तान विश्व गुरुङले आफ्नो १८ गोल गर्दै ‘सबैभन्दा धेरै गोल गर्ने खेलाडी’ बन्न सफल भए । त्यस्तै, युनाइटेडका दुई खेलाडी एकजन तुलाधर र सुरज श्रेष्ठ जीएनसीभी लिगको हालसम्मको हरेक संस्करणको फाइनल खेलमा पुग्ने खेलाडी बनेका छन् ।
युनाइटेड फुटबल क्लबले सबैको सहयोग बिना यो जित असम्भव रहेको भन्दै आफूहरुलाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने तथा शुभेक्षा प्रकट गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।
Please follow and like us:

Comments