इटालियन सिरी ए फुटबलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । इटालियन सिरिए एमा रोनाल्डोले पहिलो ह्याट्रिक गर्दा युभेन्टसले काग्लियारीमाथि ४–० को सहज जीत निकालेको छ ।

खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।  ६७ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

रोनाल्डोले त्यसपछि गोन्जालो हिग्वाइनका लागि गोलको अवसर सृजना गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए । त्यसको केही मिनेटपछि नै रोनाल्डोले तेस्रो गोल गर्दै करियरको ५६ औँ ह्याट्रिक पूरा गरे ।

जितसँगै युभेन्टस ४५ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

Comments