चितवन : रत्ननगरका सुभास रेग्मी का लागियस पटकको अंग्रेजीनयाँवर्ष सम्झनामा रहिरहने घटना बनेको छ । ‘विगतका अंग्रेजी नयाँ वर्ष कसरी आएर कसरी जान्थ्यो थाहा थिएन । यसपटकको अविस्मरणीय बन्यो,’ उनी भन्छन्, ‘नेपाली नयाँ वर्षको दिनपनियस्तै होस् भन्ने कामना गरेको छु ।’
उनी यति खुसी हुनुको कारण रहेछ– भरतपुरमा खुलेको सिजी ल्यान्ड मार्कमा नयाँवर्षको अघिल्लो दिन आयोजित सांगीतिक कार्यक्रम, त्यस दिन सिजी ल्यान्ड मार्कले चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटालाई बोलाएर भव्य सांगीतिक कार्यक्रम गरेको थियो । न्यू इयर इभमा स्थानीय सांगीतिक समूह ट्र्यांगलब्रान्डले पनी उक्त मलमा प्रस्तुती दिएको थियो ।
उक्त कार्यक्रमले रेग्मी जस्ता नयाँ पुस्ताका हजारौंको मन जितेको रहेछ । ‘ठूलठूला सपिङ मलहरु त धन हुनेहरुका लागि मात्र खुलेका नाफा मूलक ठाउँजस्तो लाग्थ्यो तर होइन रहेछ । जो पनि जान सक्ने, जो पनि रमाउन सक्ने वातावरण पाएँ,’ रेग्मीले अनुभव सुनाए, ‘म मात्रै होइन मेरा सबै साथीले त्यस दिन फरक किसिमको रमाइलो अनुभव गरे ।’
त्यसो त ठुला व्यापारीक कम्प्लेक्सले विभिन्न पर्व वा विशेष दिनमा सांगीतिक वा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने ग्राहक तान्नकै लागिहो । तर, त्यसको मुख्य आशय मल संस्कृतिबारे सर्वसाधारणमा चेतनाजगाउनु पनी रहेको सम्बद्ध व्यवसायीहरुको भनाई छ ।
‘ठुलुूलाभवन, त्यहाँ उपलब्ध अत्याधुनिक सुविधा देख्दा सर्वसाधारणलाई यो हाम्रा लागि होइन भन्ने भ्रम पर्न सक्छ,’सिजील्यान्डमार्कमा सात वटा पसल सञ्चालन गरिरहेका युवा व्यवसायी विदुर पौडेल भन्छन्, ‘तर यथार्थ त्यस्तो हुँदैन । बरु अन्यत्र मनलाग्दी मुल्य राखेर बार्गेनिङ गर्ने वा नक्कली सामानलाई सक्कलीको मूल्यमा बेच्ने जस्तो गलत व्यापारीक अभ्यास हुन्छ । ठुला मलमा त्यो हुँदैन ।’
पिटर इंग्ल्यान्ड, स्केचर्स, डुल्ला, डेनोभो जस्ता विश्व विख्यात ब्रान्डको आउटलेट सञ्चालन गरिरहेका पौडेलको अनुभवमा चितवनका सर्वसाधारण विस्तारै मलकल्चरमा भिज्दैछन् । सुरु सुरुमा मलमा आउन आनाकानी गर्ने ग्राहकले अचेल बाहिर सामान किन्नै छाडेको उनको अनुभव छ । ‘चौबिसकोठी का एकजनाग्राहक ले त सुनेको व्यापारिक मल र भोगेको मल बीच आकाश जमिनको फरक रहेछ भनेर मसँगै भन्नुभयो,’ पौडेलले सुनाए ।
३५ वर्षदेखि तयारी पोसाकको व्यापार गर्दै आएका अर्का व्यापारी हरी भुजेल उक्त मलमा रहेको आफ्नो पसलको कारोबार बाट उत्साहित छन् । ‘सुरुमा त नयाँठाउँ के हो के जस्तो लागेको थियो । अहिले उत्साहजनक वातावरण छ । बाहिरका व्यापारीले सर्वसाधारणलाई मलका विषयमा नकारात्मक कुरा सुनाउने प्रयास पनि नगर्ने होइनन्, तर जब उपभोक्ताले सत्य थाहापाउँछन् अनी उनीहरु अन्त जानै गाह्रो मान्छन् ।’
ठुला मलको सजावट, उपलब्धअत्याधुनिक सुविधा, व्यापारीले प्रदर्शन गर्ने नम्र व्यवहार र बेला बेलामा आयोजना गरिने मनोरञ्जनात्मक गतिविधिले राजधानी लगायत मुलुकका अन्य मुख्य शहरका सर्वसाधारणलाई क्रमशःआफूतिर आकर्षित गरिरहेका छन सपिङ्ग मलहले । ठुला मलहरु किनमेल गर्नेका लागि मात्र नभएर फुर्सदको समय बिताउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्न थालेका छन् ।
मंगलबार भरतपुरको सिजील्यान्ड मार्कमा भेटिएका रामनगरका सन्तोष कार्कीले आफू फुर्सदको सदुपयोग गर्न त्यहाँपुगेको बताए । ‘अन्तजस्तो सामानकिन्नै पर्छ भन्ने रहेनछ । बरु सित्तैमा धेरै रमाइला कुरा अनुभव गर्न पाइयो,’ मलमा यताउता दौडिरहेका साना केटाकेटीलाई देखाउँदै उनले भने, ‘ल हेर्नुस् त ती केटाकेटी कती रमाएका ? अन्तभए यसरी रमाउन कहाँ पाउनु ?’
फिल्महेर्न मन लागे हल, खाजाखान मन लागे रेस्टुरेन्ट र थरीथरीको रमझम सबै एकै ठाउँमा देख्दा आफूलाई निकै नौलो लागेको उनले सुनाए ।
व्यापारिक कम्प्लेक्सहरुले बेला बेलामा मनोरञ्जनात्मक कार्यक्रम गरेर सर्वसाधारणमा मल संस्कृती सिकाउने प्रयास गर्छन् । सिजील्यान्ड मार्कले पनि सोही अनुरुप नयाँ वर्षमा भव्य कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्दै जाने योजना बनाएको ल्यान्डमार्कको व्यवस्थापन हेरिरहेको बिल्डिङ म्यानेजमेन्ट कम्पनीका एकजना कर्मचारीले बताए ।
अचेलका व्यापारीक कम्प्लेक्समा सबै सुविधा एकै ठाउँमा पाइन्छ । यसले पनि सर्वसाधारणलाई आकर्षित गरिरहेको मान्न सकिन्छ । विश्व विख्यात ब्रान्डको सो रुमदेखि सफा र स्वस्थखाना सर्भ गर्ने रेस्टुराँ सम्म सिनेमा हलदेखि वातानुकुलीत पसल सम्मको सुविधा ठुलाव्यापारिक कम्प्लेक्सहरु मा हुन्छन् ।
सिजील्यान्डमार्कमा रहेको मल्टिप्लेक्स सिनेमाहल सिनेप्लेक्सका सञ्चालक गणेश श्रेष्ठ पनी उक्त सिनेमाहलले दर्शकबाट सोचेभन्दाबढी राम्रो प्रतिक्रिया पाइरहेको अनुभव सुनाउँछन् ।
व्यापारिक कम्प्लेक्सहरुमा धेरैजसो आउटलेट र सोरुम ब्रान्डेड सामानको हुने र त्यस्ताठाउँमा सक्कली सामानको मात्र कारोबार हुने हुँदामूल्य केही बढी जस्तो लाग्छ सक्छ । तर गुणस्तरको ग्यारेन्टी हुने हुँदा ढुक्कले किनमेल गर्न सकिने त्यहाँ फेन्सी पसल सञ्चालन गरिरहेकी रोजिना श्रेष्ठकोद दाबी छ । उनले भनिन् ‘बाहिर देख्दाउस्तै तर, नक्कली सामान दिन्छन् अनी ग्राहकलाई यही सामान मल बाट यती मूल्यमा ल्याइ दिनुभयो भने बिनापैसा दिन्छु भनिदिन्छन्,’ उनीभन्छिन्, ‘अनिग्राहकलाई हो कि झैं लाग्छ ।

एकपटकमलमा पसेर किनमेल गरेपछिउनीहरुमा रहेको भ्रमहट्ने रहेछ ।’ सिजि ल्याण्ड मार्क खुले संगै चितवनमा विस्तारै मल सस्कृतीमा चितवनवासी अभ्यस्त हुन थालेका छन् ।

Please follow and like us:

Comments