काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७९ रुपैयाँ १ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७८ रुपैयाँ ६० पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (पुस २४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ११ पैसा र बिक्रीदर १५० रुपैयाँ ९० पैसा रहेको छ ।

Comments