सिड्नी । अष्ट्रेलियाको सिड्नी स्थित ओपेरा हाउसमा शनिबार राती सुन्दर दृश्यहरु देखिए ।
अष्ट्रेलियामा लागेको डढेलो निभाउन आफ्नो ज्यानको बाजी थापेर लागिपरिरहेका अग्नी नियन्त्रकहरुको सम्मानमा ओपेरा हाउस सजिएको थियो । शनिबार ओपेरा हाउसको बत्तिमा अग्नी नियन्त्रकहरुका तस्बिरहरु देखिए । र, संगै उनीहरुप्रति कृतज्ञताका शब्दहरु समेत राखिएका थिए ।
ओपेरा हाउसले आशा र विश्वासको संदेश फैलाउन र डढेलो नियन्त्रणका लागि लागिपरेका सम्पूर्णप्रति कृतज्ञता प्रकट गर्नको लागि यो दृश्य राखिएको बताएको छ ।
त्यस्तै, विकराल डढेलोबाट अग्नी नियन्त्रक तथा डढेलो प्रभावित क्षेत्रका व्यक्तिहरुमा पर्ने मानसिक असरलाई ख्याल राख्दै अष्ट्रेलियन सरकारले नि:शुल्क मानसिक परामर्श कार्यक्रम अगाडी बढाएको छ।
Source : 7 News

Comments