गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ लगाइने भएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको हो ।

रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइदै छ । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहनु हुनेछ । महायज्ञबाट ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको छ ।

पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ ।  महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ ।

धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको बताएका छन् । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।

रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ  । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।

 

 

 

Please follow and like us:

Comments