सिड्नी । नेपालीहरुको पर्व माघे संक्रान्तिको अवसरमा अष्ट्रेलियामा माघी मेला हुनेभएको छ ।
नेपालमा थारु समुदायले माघे संक्रान्ति पर्वलाई माघी पर्वको रुपमा मनाउने गर्छन् । थारु समाज सिड्नीले देश बाहिर रहेतापनि आफ्नो कला तथा संस्कृतिको जगेर्ना गर्दै माघी मेलाको आयोजना गरेको हो ।
माघी मेला माघे संक्रान्तिको दिन अर्थात १५ जनवरी, बुधबारका दिन न्यु साउथ वेल्सको टेम्पेपार्कमा हुनेछ । मेलामा संस्कृति झल्काउने कार्यक्रमहरु र साथमा थारु समुदायको विशेष परिकारहरु राखिने आयोजकले बताएका छन् ।
थारु समाज सिड्नीले गत वर्ष देखि माघी मेला मनाउन सुरु गरेको हो ।

Comments