गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ।

प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो।

गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गायिका राउतमाथि कारबाही गर्न भनी प्रहरी जवान श्रेष्ठले दिएको जाहेरी दर्तासँगै प्रहरी राउतको खोजीमा जुटेको  बताइएको छ ।

Please follow and like us:

Comments