एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले सेफिल्ड युनाईटेडलाई हराएको छ । मंगलबार राति भएको खेलमा सिटीले युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो ।

बेन्चमा रहेका सर्जियो अग्युरोले मैदान प्रवेश गरेको ६ मिनेटमै गोल गर्न सफल भएपछि सिटीले शेफिल्डलाई एक–शून्यले हरायो । सिटीले पहिलो हाफमै पाएको पेनाल्टी मिस गर्दा जितको लागि निकै संघर्ष गर्नु परेको थियो ।

जितपछि सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

अर्को खेलमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

 

Comments