काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७७ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (माघ २३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४९ रुपैयाँ १५ पैसा रहेको छ ।

Please follow and like us:

Comments