मेलबर्न । वर्तमान समयमा नेपालीहरु सुन्दर भविष्यको खोजीमा अष्ट्रेलियामा हिंड्दा कैयौं प्रेमिल जोडीहरु टाढा रहेर बस्नुपरेको छ । प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे नजिकिंदै गर्दा त्यो दूरीले अझ धेरै सताउने गर्छ । यो बाध्यता र प्रेमलाई बुझेर केक टु नेपालले भ्यालेन्टाइन विशेष प्याकेज लिएर आएको छ ।
अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको केक टु नेपालद्वारा अष्ट्रेलिया,जापान,बेलायत र अमेरिका लगायतका देशहरुबाट नेपालमा  केक तथा उपहारहरु पठाउन सकिन्छ । केक टु नेपालले काठमाडौं उपत्यकासहित पोखरा,चितवन,धरान,बुटवल र नेपालका प्रमुख शहरहरुमा होम डेलिभरी सेवा उपलब्ध गराउदै आएको छ ।
अनलाइन सर्भिसमा आधारित केक टु नेपालले ल्याएको यस वर्षको भ्यालेन्टाइन डे स्पेसल प्याकेजमा फूल, केक, कार्ड , कुसन, चकलेट, टेडी, कप, मोबाइल लगायतका उपहारहरु रहेका छन् ।

केक टु नेपालको अफिसियल वेवसाइट caketonepal.com वा फेसबुक पेजमा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ ।

Comments