मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली चलचित्र सेल्फी किङ्गको शो हुनेभएको छ । सहि हो इभेन्ट्सको आयोजना तथा कंडेल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आइतबार शो हुनेभएको हो ।
नेपालमा शुक्रबार रिलिज भएको सेल्फी किङ्ग आइतबार अर्थात ९ फेब्रुअरीमा मेलबर्न स्थित चाइनाटाउन सिनेमामा प्रदर्शन हुनेछ । बेलुका ८ बजे देखि चलचित्र शुरु हुने बताइएको छ ।
चलचित्रमा विपिन ‘सेल्फी किङ्ग’ अर्थात टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
चलचित्रको लागि टिकट पहिले नै खरिद गरेमा २५ डलर, शोको समयमा खरिद गरेमा ३० डलर र ५ जनाको समूहमा आएमा २० डलर शुल्क लाग्ने आयोजकले बताएका छन् ।
शोको लागि ticketcart.com.au बाट अनलाइन टिकट खरिद गर्न सकिनेछ ।
ʿसेल्फी किङ्गʾका निर्देशक विशाल सापकोटा आफैले लेखेको कथा-पटकथामा निर्देशकका रुपमा नेपाली रजतपटमा डेब्यू गर्दैछन्।

Comments