काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ ४२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ २ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार (माघ २७) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ७० पैसा र बिक्रीदर १२५ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६६ पैसा रहेको छ ।

 

 

Comments