मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा परेको भारी वर्षाले जनजीवन प्रभावित भएको छ।

भारी वर्षापछि आएको बाढीले त्यहाँ ७५ हजारभन्दा बढी घर डुबानमा परेका सरकारी अधिकारीे जनाएका छन्। अधिकारीका अनुसार यो पछिल्लो दुई महिनायताकै यो सबैभन्दा भीषण वर्षा हो।

बाढी बस्तीमा पसेपछि यातायात ठप्प भएको छ भने हजारौं मानिस विस्थापित भएका छन्। रुख ढलेर बाटो अवरुद्घ हुने सम्भावना अझै रहेको अधिकारीले जानकारी दिएका छन्।

वर्षाका कारण अष्ट्रेलियामा पछिल्लो समयमा लागेको डढेलोलाई भने राहत भएको छ।

सिड्नीको मौसम विभागका अनुसार त्यहाँ ४०० मिलिलिटर पानी परेको छ। बाढीले विद्युत आपूर्तिसमेत कटौती भएको छ।

Please follow and like us:

Comments