मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नि:शुल्क मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । अष्ट्रेलियन नेप्लिज पब्लिक लिङक भिक्टोरीया (एएनपीएल) को आयोजनामा ग्लेनरोयमा उक्त दुई दिने तालिम सम्पन्न भएको हो ।

गत शनिबार र आइतबार संचालन भएको कार्यक्रममा सहभागीहरुलाई भरत नेपालले तालिम प्रदान गर्नुभएको थियो । त्यस्तै, टोनु घोथानेले मानसिक स्वास्थ्य सम्बन्धि सल्लाह तथा जानकारी प्रदान गर्नुभएको थियो ।

एएनपीएलले नेपाली समुदायमा हुने विभिन्न दुर्घटनाहरुलाई न्यूनीकरण गर्नको लागि विभिन्न तालिम तथा कार्यक्रमहरु आयोजना गर्दै आएको छ । सडक र पैदल यात्री सुरक्षा जागरूकता कार्यक्रम, बीमा जागरूकता कार्यक्रम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम जस्ता कार्यक्रम यसका उदाहरण हुन् । यसका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको एएनपीएलले नेपाली समुदायको खुशी र समृद्धिमा इँटा थप्न निरन्तर लागिरहने आयोजक संस्थाका निराजन गौलीले बताउनुभयो ।

मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम एएनपीएलले सिड्नी, मेलबर्न लगायत सहरमा निरन्तर रुपमा गर्दै आएको छ । अब जिलोंगमा २२ र २ २३ फेबुअरीमा उक्त तालिम आयोजना गरिने बताइएको छ । त्यस्तै, विद्यार्थीहरुलाई प्राथमिकता दिंदै सडक नियमको साथमा सवारी चालक अनुमती पत्रको लागि पाँच सैद्धान्तिक र तीन व्यवहारिक तालिमको आयोजना गरिने आयोजक संस्था एएनपीएलले जनाएको छ ।

 

 

Please follow and like us:

Comments