मेलबर्न । अष्ट्रेलियामा पहिलो पटक नेपाली फोटो प्रतियोगिता आयोजना हुनेभएको छ । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रही सामाजिक कार्यमा सक्रिय साथी अष्ट्रेलियाले प्रतियोगिताको आयोजना गरेको हो ।

 

 

आयोजकका अनुसार, प्रतियोगिता अष्ट्रेलियाव्यापी रहनेछ । प्रतियोगितामा विजयी व्यक्तिले २५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, द्वितीयले १५ सय, तृतीयले ५ सय र सहभागी मध्ये लोकप्रिय फोटोले ५ सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

 

 

यसका साथै प्रतियोगिताबाट उत्कृष्ट २५ फोटो अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शनमा राखिने आयोजक संस्थाका निर्देशक अरुण चित्रकारले बताएका छन् । चित्रकार भन्छन् , ” अष्ट्रेलियाका विभिन्न शहरमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ नेपाल सम्बन्धि फोटोहरु प्रदर्शन गर्ने योजनामा छौं । उक्त प्रदर्शनीमा यस प्रतियोगिताका उत्कृष्ट २५ फोटो पनि समावेश गरिनेछ ” । उनले फोटोग्राफीमा रुचि भएकाहरुका लागि  यो प्रतियोगिता सुन्दर अवसर रहेको विश्वास समेत व्यक्त गरे ।

 

यस फोटो प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिले आगामी ४ अप्रिलसम्ममा फोटो पठाइसक्नुपर्नेछ । प्रतियोगितालाई घोथाने लयर्सले मुख्य प्रायोजन गरेको छ ।

 

फोटो प्रतियोगिताको सहभागिताको लागि यहाँ क्लिक गर्नुहोस् >> https://sathiaustralia.com/event/photo-contest

 

 

Please follow and like us:

Comments