एजेन्सी । सहज जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले डिजोनलाई उसैको मैदानमा ६–१ गोलले हरायो ।

वेस्ले लाउटोआको आत्मघाति गोलसंगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो । पीएसजीको जितमा पाब्लो सरावियाले दुई, केलियन एमबाप्पे र थियगो सिल्भाले एक एक गोल गरे । पीएसजीले दुई गोल डिजोनबाट उपहार पाएको थियो । डिजोनका लागि मुनिर चोउएरले सान्तवना गोल गरे ।

चोटका कारण ब्राजिली स्टार नेयमार खेलमा देखिएनन् । मुख्य प्रशिक्षक थोमस टुचेलका अनुसार उनी च्याम्पियन्स लिगको खेलमा समेत मैदानमा देखिने सम्भावना कम छ ।

Please follow and like us:

Comments