काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७७ रुपैयाँ १९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन १) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ २६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

Please follow and like us:

Comments