मेलबर्न । अष्ट्रेलियामा रहेर आफ्नो पढाइ र कामको सन्तुलनलाई मिलाउंदै आफ्नो रुचीलाई समेत पछ्याइरहेका नेपाली युवाहरुले फेरी अर्को सांगीतिक कोसेली ल्याएका छन् । मेलबर्नवासी युवाहरुले भ्यालेन्टाइन डेको अवसरमा ‘तिम्रो लागि’ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

मेक मनि रेकर्डसको उक्त गीतमा कपिल सापकोटा र कृजन पुनको स्वर रहेको छ । गीतमा प्रेमिका प्रति एक प्रेमीको भावनालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । सोही भावलाई उतारेर बनाइएको म्युजिक भिडियोले प्रेमिल जोडीहरुको मुहारमा मुस्कान ल्याइदिन्छ ।

त्यसैले पनि भ्यालेन्टाइन डेको अवसरमा प्रेमिकाको लागि यो म्युजिक भिडियो सुन्दर उपहार बन्न सक्छ ।

‘तिम्रो लागि’ म्युजिक भिडियोलाई संजय सेन्चुरीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक कपिल सापकोटाको साथमा कल्पना गैरेको अभिनय रहेको छ । अष्ट्रेलियाकै विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई निर्देशक स्वयं संजय सेन्चुरीले छायांकन तथा सम्पादन गरेका हुन् ।

भिडियोलाई बाबा फिल्मस् प्रोडक्सन युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Comments