इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जितसहित शीर्षस्थानमा पूनरागमन गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्सले १० खेलाडीमा सिमित ब्रेसियालाई २–० गोलले हरायो ।

खेलको ३७औं मिनेटमा ब्रेसियाका फरवार्ड फ्लोरियन आई रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फ्रिकिकमा पाउलो डिबालाले गोलमा परिणत गरे । ७५औैं मिनेटमा हुवान क्वाड्राडोले ब्लेइस माटुइडीको पासमा गोल गर्दै युभेन्टसको अग्रता लम्ब्याए ।

जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोडेको छ । र, युभेन्ट्सले एक खेल कम खेलेको इन्टर मिलानलाई ३ अंकले पछि पारेको छ ।

ब्रेसिया १६ अंक जोडेर रेलिगेशन क्षेत्रमा रहेको छ ।

Comments