क्यानबेरा । अष्ट्रेलियन क्यापिटल टेरिटोरी सरकारले नेशनल मल्टिकल्चरल फेस्टिभल २०२० को आयोजना गरेको छ । उक्त फेस्टिभलमा नेपाली कला संस्कृति र खानाको समेत प्रबर्द्धन गरिने भएको छ ।

नेपाली राजदुतावास र एनआरएनए अष्ट्रेलियाको सहकार्यमा उक्त फेस्टिभलमा नेपाली समुदायको पनि प्रतिनिधित्व हुनेभएको हो । जसमा नेपाली पहिरन सहितको परेड, सेलरोटी, म:म लगायतको खानाको स्टल र सांस्कृतिक प्रस्तुतिहरु समेत रहनेछन् ।

यही शुक्रबार अर्थात २१ फेब्रुअरी देखि २३ फेब्रुअरी आइतबार सम्म हुने फेस्टिभलमा सहभागी भइ नेपाली कला संस्कृतिको प्रबर्द्धनमा सहयोग पुर्याउन नेपाली राजदूतावास तथा एनआरएनए अष्ट्रेलियाले नेपाली समुदायलाई आग्रह गरेका छन् । करिब बीस वर्ष देखि आयोजना हुँदै आएको मल्टिकल्चरल फेस्टिभलमा विभिन्न समुदायका संघ संस्था तथा व्यक्तिहरुले आफ्नो समुदायको कला संस्कृति प्रबर्द्धन गर्दै सबै समुदायसंग आपसी सद्भाव साटासाट गर्ने गर्छन् ।

यस्तो छ मल्टिकल्चरल फेस्टिभल २०२० को समय तालिका :

Nepali Community Food Stall
Venue: Glebe Park, Civic
Date/Time: Saturday 22, Sunday 23 February 2020; 9:00 AM to 5:00 PM
Note: Please feel free to volunteer for help in the stall. Also, all surplus fund from the food stall will be used in upcoming sports event Oceania Nepali Sports Meet Canberra 2020 (10-13 April).
Nepali Cultural Performance
Stage: Platform 2, Glebe Park, Civic
Date/Time: Saturday 22 February 2020; 02:35 PM to 02:55 PM
Multicultural Parade
Venue: Glebe Park, Civic
Date/Time: Saturday 22 February 2020
3:00 PM -> Assemble
3:30 PM -> Lining Up
4:00 PM -> Inauguration by ACT Chief Minister and Start of the Parade
Note: Please make sure to be dressed up in your own ethics, traditional, cultural and/or National Costume.

Comments