मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सुख दु:ख साँझ २०२० आयोजना हुनेभएको छ ।

आयोजकका अनुसार, सुख दु:ख साँझमा प्रत्यक्ष दोहोरीको साथमा डिजे समेतको कार्यक्रम रहेको छ । अष्ट्रेलियामा नेपाली लोक संगीतलाई प्रबर्द्धनको लागि कार्यक्रमहरु गर्दै आएको नेप्को इन्टरटेनमेन्टले सुख दु:ख साँझको आयोजना गरेको हो । 

२२ फेब्रुअरी अर्थात शनिबार हुने उक्त कार्यक्रममा सुनीता दुलाल, विजय लामा, शिशीर भण्डारी, अर्जुन सुनम, विजयजङ थापा, पुर्ण परियार लगात कलाकारहरुको प्रस्तुती रहनेछ।

साईप्रस कम्युनिटी हलमा हुने सुख दु:ख साँझ बेलुका ६ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ ।

सुख दु:ख साँझलाई AEC माइग्रेसन एण्ड एजुकेशनले मुख्य प्रायोजन गरेको छ ।

Comments