स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनबाट बच्न संघर्षरत ईबारलाई ५–० को विशाल अन्तरले हराएको हो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । मेस्सीले खेलको १४, ३७, ४० र ८७ औँ मिनेटमा गोल गरेका थिए । यस्तै अर्थरले एक गोल गरे ।

जितसँर्गै बार्सिलोना ५५ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । रियल मड्रिडलाई २ अंकले पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

 

 

Comments