एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अष्ट्रेलियाले जितेको छ । बुधबार राति भएको खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ९७ रनले हराएको हो ।

अष्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १५ ओभर ३ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो ।

अष्ट्रेलियाका कप्तान आरोन फिन्च र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । वार्नरले ५७ रन जोड्दा फिन्चले ५५ रन बनाए । स्टिभ स्मिथ २० रनमा अविजित रहे ।

यससँगै सिरिज अष्ट्रेलियाले २–१ ले जित्यो ।

यस अघि पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेल भने दक्षिण अफ्रिकाले १२ रनले जितेको थियो ।

 

Comments