मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा महिलाहरुका लागि आत्मरक्षा तालिम संचालन हुनेभएको छ । एनआरएनए अन्तर्गतको नारि निकुञ्ज भिक्टोरियाले कार्यक्रमको आयोजना गरेको हो ।

अष्ट्रेलियामा समेत घट्ने महिला हिंसालाई न्यूनीकरण गर्न र नेपाली समुदायका महिलाहरुलाई सशक्त र आत्मविश्वासी बन्न सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले बताएका छन् ।

सेल्फ डिफेन्स ट्रेनिंग अन्तर्राष्ट्रिय महिला दिवस अर्थात मार्च ८ को दिनमा हुनेछ । ‘ Our Safety on our own hands ‘ नाराका साथ उक्त तालिम दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछ ।

तालिम नि:शुल्क रहेको र यसको लागि २५ वटा सिमित सिट रहेको आयोजकले बताएका छन् ।

Comments