बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आईतबार राति रियलले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई २–० ले हराएको हो ।

रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलको ७१ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए ।  जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मारियानो स्ट्रकले एक गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए ।

जितसँगै रियल मड्रिड शीर्ष स्थनमा उक्लिएको छ । उपाधि जित्ने अभियान जिवित राख्नका लागि महत्वपूर्ण रहेको यो एल क्लासिकोबाट तीन अंक जोड्दै रियलले ५६ अंक बनाएको छ । एक अंक कम रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।

Please follow and like us:

Comments