चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पाँचौ चरणको खेलमा लिभरपुललाई २–० गोल अन्तरले हराउँदै चेल्सी क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

लिभरपुलका गोलकिपर एड्रियनको गल्तीको फाईदा उठाउँदै १३औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि ६४औं मिनेटमा रोज बार्कलीले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

लिभरपुलले लण्डन क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सिजनको दोस्रो हार ब्यहोर्यो ।

Please follow and like us:

Comments