सिड्नी । अष्ट्रेलियामा शुक्रबार होली म्युजिकल कन्सर्ट हुनेभएको छ । एसोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा)को आयोजनामा उक्त होली विशेष कार्यक्रम हुनलागेको हो ।

नेपालको विशेष गरि तराई क्षेत्रमा धुमधामका साथ मनाइने होली पर्वलाई हाल अष्ट्रेलियामा रहेर पनि नेपाल तराई एसोसिएसनले धुमधामका साथ मनाउंदै आएको छ । जसअनुसार यस वर्षको होली विशेष कार्यक्रम पप गायिका प्रश्ना शाक्य, लोक गायक रविराज शाह र भोजपुरी गायक सुनिल पण्डितको सांगीतिक प्रस्तुतिले धमाकेदार बन्नेछ ।

आयोजक संस्थाले नेपाली पहिचान तथा कला संस्कृतिको सम्बर्द्धनको साथमा सामाजिक कार्य पनि गर्दै आएको छ । गत वर्षको कार्यक्रमबाट संकलित रकम नेपालका विद्यालयहरुका लागि सहयोग गरिएको र यस वर्षको कार्यक्रमबाट संकलन हुने रकमको ५० प्रतिशत न्यू साउथ वेल्स राज्यमा भएको आगलागी नियन्त्रणमा संलग्न फायर फाइटर र पीडितलाई सम्बन्धित निकाय मार्फत प्रदान गरिने संस्थाका अध्यक्ष प्रविन चौरासियाले जानकारी दिएका छन् ।

यसवर्षको होली म्युजिकल कन्सर्ट शुक्रबार अर्थात  मार्च ६ मा मराना अडिटोरियम हर्सभिलमा हुनेछ । बेलुका ६ बजे देखि राती ११ बजेसम्म हुने उक्त कन्सर्टमा सहभागिताको लागि १५ डलर शुल्क लाग्नेछ । बालबालिकाको लागि भने शुल्क १० डलर मात्र रहेको बताइएको छ ।

Please follow and like us:

Comments