पूर्वमिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेकी छन्। उनको १७ वर्षअघि सञ्चारकर्मी जिपी तिमल्सिनासँग विवाह भएको थियो।

उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै आफूले १७ वर्षदेखि शारीरिक र मानसिक हिंसा भोग्दै आएको उल्लेख गर्दै अब यसलाई निरन्तरता दिन नस्कने भन्दै सम्बन्ध विच्छेदको कारण खुलाएकी छन्।

उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाे’ ।’

उनले सबैलाई  सहयोग र मायाका लागि धन्यवाद  दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

After 17 year of marriage if i have to tolerate physical and mental abuse than there is no base to continue….Now I…

Posted by Usha Khadgi on Saturday, March 14, 2020

 

Comments