काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७३ रुपैयाँ १६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७२ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार (चैत ३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ७३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको छ ।

 

Comments