मेलबर्न । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यक सेवा बाहेक दूतावासमा नआउन अपिल गरेको छ ।

दूतावासले सूचना जारी गर्दै राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन पनि आग्रह गरेको छ । अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने कामका लागि भने नेपाली दूतावास जान सक्नेछन् ।

अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले दूतावसलाई जानकारी गराउन पनि भनेको छ । त्यस्ता व्यक्तिले बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्नेछन् । त्यस्तै अत्यावश्यक अवस्थाबाहेकमा हिँडडुल नगर्न पनि दूतावासले नेपालीलाई आग्रह गरेको छ ।

Comments