मेलबर्न । अष्ट्रेलियामा कोरोना भाइरसबाट प्रभावित नेपाली विद्यार्थीलाई बिएमडब्लु एजुकेशन कन्सल्टेन्सीले सहयोग गर्ने भएको छ । बिएमडब्लुले प्रेस विज्ञप्ति जारि गर्दै उक्त जानकारी गराएको हो ।

कोरोना भाइरसका कारण अष्ट्रेलियामा विद्यार्थीहरुले काम पाइरहेका छैनन् भने अर्कोतर्फ नयाँ विद्यार्थीहरु आइसोलेसनमा बस्नुपर्ने भएको छ । विद्यार्थी समस्यामा परेको समयमा सहयोग गर्नु आफ्नो दायित्व रहेको भन्दै बिएमडब्लुले समस्यामा परेका आफ्ना विद्यार्थीलाई संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा जनाइएअनुसार, बिएमडब्लुले यी निम्न अवस्थामा विद्यार्थीलाई सहयोग गर्नेछ ।
१. नयाँ विद्यार्थी
२. बेरोजगार
३. आइसोलेसनमा रहेको र परिवारको सहयोग नरहेको
४. बिएमडब्लु एजुकेसनको विद्यार्थी

Comments