मेलबर्न । कोरोना भाइरसका कारण अष्ट्रेलियामा पढ्न आएका नयाँ विद्यार्थीहरु बढी प्रभावित भएका छन् । यतिबेला सोंचे अनुरुप पढाइ चलिरहेको छैन भने अर्कोतर्फ विद्यार्थीहरुले काम पाउन सकिरहेका छैनन् । त्यस्तै, कतिपय विद्यार्थीहरु आइसोलेसनमा बस्नुपर्ने अवस्था छ ।

ग्रेस इन्टरनेशनलले विद्यार्थीहरुका यी समस्यालाई ख्याल गर्दै सहयोगको योजना अगाडी बढाएको छ । ग्रेसले फेब्रुअरी र मार्च इन्टेकमा आएका आफ्ना विद्यार्थीलाई १५ दिन बराबरको भाडा दिने भएको हो ।

ग्रेस इन्टरनेशनलले यो सहयोग प्याकेज आइसोलेसनमा रहेका विद्यार्थीहरुका लागि उपलब्ध गराइने जनाएको छ । यस सहयोगका लागि अष्ट्रेलियामा आफन्त नभएका विद्यार्थीहरुलाई प्राथमिकतामा राखिने समेत कन्सल्टेन्सीले प्रष्ट पारेको छ ।

Comments