एजेन्सी । टेनिसको विश्व प्रसिद्द प्रतियोगिता विम्बल्डन टेनिस रद्द भएको छ । दोस्रो विश्व युद्धपछि पहिलो पटक कोरोना भाईरसको महामारीको कारण विम्बल्डन रद्द भएको हो ।

यस प्रतियेगिता यसै वर्षको जुन २९ देखि जुलाई १२ तारिखसम्म हुने तय भएको थियो ।

सन् १८८७ देखि सुरु भएको विम्बल्डन यसअघि पहिलो र दोस्रो युद्धको समयमा मात्र रद्द भएको थियो ।

Please follow and like us:

Comments