कोरोना भाइरसको प्रकोपका कारण युरोपियन फुटबल महासंघ (युईएफए) ले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको छ । ५५ देशका प्रतिनिधिबीच बुधबार भएको भिडियो कन्फ्रेस बैठकले उक्त निर्णय गरेको हो ।

आउँदो जुन महिनामा आयोजना गर्ने तयारी गरिए पनि अहिले कोरोनाको महामारी बढ्दो अवस्था रहेको भन्दै यूईएफएले अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

युईएफएले अर्को सिजनको क्यालेन्डर सार्ने र जुनसम्मको सबै खाले अन्तर्राष्ट्रिय फुटबल स्थगित गर्ने निर्णय पनि गरेको छ ।

युरो २०२० को प्लेअफ म्याचलाई २०२१ मा सारिएको छ भने महिला युरो २०२१ को क्वालिफाइङ म्याच पनि स्थगित भएको छ ।

 

Comments