मेलबर्न । कोरोना भाइरसका कारण यतिबेला विशेष गरि विदेशमा रहेका विद्यार्थीहरुमा मानिसक तनाव थपिएको छ । अष्ट्रेलियामा रहेका विद्यार्थीहरु हाल काम नपाउने, घर भाडा र बिल समयमै बुझाउनुपर्ने, सोंचे अनुसार पढाइ पनि अगाडी नबढ्ने जस्ता समस्याले तनावमा आएका छन् । 

मेलबर्न सहरमा रहेको म:म स्टेशनले विद्यार्थीहरुलाई यो परिस्थितिमा सक्दो खुशी प्रदान गर्ने प्रयास गरेको छ । म:म स्टेशनले विद्यार्थीहरुलाई शुक्रबार नि:शुल्क खाना प्रदान गर्ने भएको हो ।

म:म स्टेशनले शुक्रबार विद्यार्थीहरुलाई म:म , चाउमिन र ड्रिंक्स सर्भ गर्ने बताएको छ । विद्यार्थीहरुले बिहान ११ बजे देखि साँझ ५ बजेसम्म उक्त सेवा लिन सक्नेछन् ।

विस्तृत जानकारी :

Please follow and like us:

Comments