एजेन्सी । अहिले संसारभर कोरोना भाइरस (कोभिड-१९) ले त्रास जन्माएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिनको लागि अधिकांश ठाउँहरु लकडाउनमा छन् ।

यही लकडाउनको समयमा जन्मिएका जुम्ल्याहाको नाम आमाबुवाले ‘कोरोना’ र ‘कोभिड’ राखिदिएका छन् । भारतको छत्तिसगढमा जन्मिएका जुम्ल्याहाको उक्त नाम राखिएको हो ।

२७ वर्षिया प्रीति बर्माले एक छोरी र एक छोरालाई जन्म दिएकी छिन् । उनले आफ्ना सन्तानको जन्म यो कठीन समयमा पनि सफलतापूर्वक सरकारी अस्पतालमा भएको र कठीन परिस्थितिमा उनीहरुले खुशी ल्याइदिएकोले यो समयलाई यादगार बनाउनको लागि छोराछोरीको नाम कोरोना र कोभिड राख्ने निर्णय गरेको बताएकी छिन् ।

Please follow and like us:

Comments