सरकारले लक डाउनका कारण काठमाडौं उपत्यकामा अड्किएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ।

बिहीबार बसेको  कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले दुई दिनका लागि नागरिकलाई बाहिर जान दिने निर्णय गरेको हो।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ । सरकार आफैंले अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्लाको महत्वपूर्ण राजमार्गसम्म पुर्याउने तयारी गरेको छ ।

 

Comments