मेलबर्न । विश्वका अन्य मुलुक जस्तै अष्ट्रेलिया पनि हाल कोभिड – १९ बाट प्रभावित भएको छ । यसले गर्दा विशेष गरि अष्ट्रेलियामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ठूलो असर परिरहेको छ । काम गरिरहेका विद्यार्थीहरुले काम गुमाइरहेका छन् भने नयाँ विद्यार्थीहरु काम नपाएका कारण अन्योलमा छन् ।

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुमा पनि अहिले निराशा छाइरहेको छ । यस विषयमा टिडब्लु जीजी एजुकेशन कन्सलटेन्सीका  प्रिन्सिपल टोनु घोथाने भन्नुहुन्छ, ” कोरोना भाइरसले निम्त्याएको यो परिस्थितिमा नेपाली समुदाय सबै नेपाली विद्यार्थीहरुको साथमा छ । संस्थागत र व्यक्तिगत तवरबाट विभिन्न सहयोग पनि भइरहेको छ । तर मलाई यो पर्याप्त भने लागिरहेको छैन ” ।

आफ्नो भनाइलाई प्रष्ट पार्दै उहाँ थप्नुहुन्छ , ” विद्यार्थीहरु यो परिस्थितिमा मात्र नभई सामान्य परिस्थितिमा पनि अष्ट्रेलिया आउँदाका सुरुवाती दिनहरुमा काम नपाउने समस्या झेलिरहेका हुन्छ्न् । अर्को कुरा अहिलेको जस्तो परिस्थिति फेरी आउनेछैन भन्ने पनि हुँदैन । त्यसैले हामीले उनीहरुलाई प्रदान गरेको निश्चित सहयोगले उनीहरुको अहिलेको केही छिनको समस्या त टर्ला तर उनीहरु जुन उद्देश्य बोकेर नेपालबाट यहाँ आएका छन् त्यसमा यसले दिर्घकालिन सहयोग पुर्याउला भन्ने मलाई लाग्दैन । हामीले उनीहरुलाई माछा दिनुमा भन्दा पनि माछा कसरी समात्नुपर्छ भन्ने सिकाउनुमा ध्यान केन्द्रित गर्नुपर्छ ।  माछा दिंदा उसको एक छाक टर्छ, तर माछा समात्न सिकाउँदा उसको जीवनभरलाई सहयोग पुग्छ । उसले आफ्नो मात्र नभएर आफ्नो परिवार र समाजलाई समेत नयाँ आशा दिन सक्छ ।”।

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष समेत रहनुभएका घोथाने भन्नुहुन्छ , ” विद्यार्थीहरुलाई अष्ट्रेलियाको मार्केटसंग अपडेट गराउने, उनीहरुको व्यक्तित्व विकासमा सहयोग गर्ने, सिप अभिवृद्धि गर्न सहयोग पुर्याउने, आफ्ना अनुभवहरु उनीहरुलाई बाँड्ने, तनाव व्यवथापन तथा मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्रदान गर्ने, नेटवर्क विस्तारमा सहयोग पुर्याउने आदि गर्नाले उनीहरु अष्ट्रेलियामा भोको बस्नु नपर्ने र कठीन परिस्थितिको लागि पनि तयार रहनसक्ने अवस्था सिर्जना गर्न सकिन्छ । साथै, उनीहरुमा मानसिक तनाव कम भएर जान्छ र उनीहरु आफ्नो उद्देश्य मा केन्द्रित रहन सक्छ्न् "।

टिडब्लु जीजी एजुकेशनले विद्यार्थीहरुका लागि करियर क्लबको सहकार्यमा Being Employed During Being Employed During COVID – 19 नि:शुल्क वर्कसप संचालन गर्नेभएको छ । यस विषयमा विस्तृत जानकारी सहित टिडब्लु जीजीले सार्वजनिक गरेको सुचना :

Free Workshop – Being Employed During COVID-19 – Worth AU $300

April 27, 2020, 1:56 p.m. | Author TWGG Cloud

TWGG recognizes the impact COVID-19 has created in the lives of our students and this workshop is our small effort to help student during this uncertain time to make them employment ready and also find opportunities in different industries.

About the workshop

This online workshop is organized by TWGG in association with Careers Club to help students navigate the employability challenges they may be facing during the health and economic crisis caused by COVID-19. The online workshop will take  participants through various employability challenges during the current time and strategies to overcome them. It will also help students sharpen their job seeking tools like resume, interviews, and the difference confidence makes when trying to present themselves in the best lights to perspective employers. This workshop — worth AU $300 –  is a long running workshop run by team at Careers Club to help international students with their employability in Australia and find opportunities in different industries

 

The highly experienced team at Careers club have been holding this event for a number of years helping students kickstart their careers.

 

When is this happening

This online workshop will be sheduled after we have a better idea about the uptake when the registration ends midnight 15th May 2020. The registrants will be contacted via email with details about date, time and instructions to join the workshop online.

 

While, this event is open to current and previous TWGG clients, we will also be welcoming limited number of other students based on the number of uptake. The registration for this event closes on 15th May 2020. Based on the uptake, multiple workshops may be organized to meet demand.

Register Here

 

Comments