बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए।

ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।

 

Comments