मेलबर्न । कोरोना भाइरस नियन्त्रणका लागि हवाई यात्रा सम्बन्धि अपनाइएका नियमले गर्दा अहिले धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नो देशमा अड्किएका छन् । अष्ट्रेलिया सरकारले पनि हवाई यात्रा बन्द गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणमा आएसंगै सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि हवाई यात्रा सहज गर्ने योजना ल्याएको हो ।

सरकारले यात्रा खुकुलो गर्ने योजनालाई तीन चरणमा बाँडेको छ । पहिलो चरणमा लोकल तथा रिजनल क्षेत्रमा यात्रा गर्न सकिनेछ । दोस्रो चरणमा एउटा स्टेटबाट अर्को स्टेटमा यात्रा गर्न सकिनेछ । यसमा त्यो स्टेटमा कोरोना संक्रमणको अवस्था अनुसार निर्णय हुनेछ । यो दोस्रो चरण जुनमा लागु हुने सम्भावना रहेको छ ।

तेस्रो चरणमा सबै स्टेट खुल्ला हुने बताइएको छ । यस चरणमा प्रधानमन्त्री मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको यात्रालाई पनि समेटेका छन् । र, यो जुलाई महिनामा लागु हुने सम्भावना रहेको बताइएको छ ।

 

Comments