काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत साइबर सेक्युरिटीको हवला दिँदै चरित्र हत्या गर्ने क्रियाकलाप फष्टाएको भन्दै त्यसबाट सतर्क रहन सबैमा आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको हो ।

‘म साइबर क्राइमबाट प्रहरी बोलेको।।।, साइबर सेक्युरिटीबाट कल गर्दैछौ’ भन्ने जस्ता भ्रामक विवरण र प्रहरीको हवाला दिँदै केही व्यक्तिहरुले अश्लिल फोटो र भिडियो पठाएर ब्ल्याकमेलिङ गर्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको पाइएको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसरी फोन, इमेल लगायत कुनै माध्यामबाट आफ्नो बारेमा जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य सूचनाहरु आदान प्रदान नगर्न समेत कार्यालयले सचेत गराएको छ । साथै सोको विवरण साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन समेत आग्रह गरिएको छ ।

Comments