मेलबर्न। अष्ट्रेलियामा भिसा एप्लाई गर्नेहरु कोरोना भाइरस प्रभावका कारण समस्यामा परेका छन्।

अष्ट्रेलियामा धेरै आप्रवासीले इन्भिटेसन कुरेर बसेका छन्। कोरोना भाइरस प्रभावित समयावधिभर केहीको त्यो लामो प्रतीक्षा पूरा भएको छ। तर इन्भिटेसन पाएर पनि उनीहरुले भिसा एप्लाई गर्न भने पाइरहेका छैनन्।

माइग्रेसन सम्बन्धि कानुन अनुसार, अष्ट्रेलियामा रहँदा भिसा रद्द भएको भए, फेरी एप्लाई गर्दा अष्ट्रेलियामा नै रहेर गर्न पाइंदैन। अष्ट्रेलिया छोड्नको लागि अहिले कोरोना भाइरसका कारण अष्ट्रेलिया सहित धेरै देशहरु लकडाउनमा छन्।

इन्भिटेसनको म्याद ६० दिन हुन्छ। तर इन्भिटेसन पाएका धेरैको इन्भिटेसन म्याद कटिसकेको छ।

यो समस्यालाई न्यु साउथ वेल्स बाहेक अन्य राज्यले हालसम्म सम्बोधन नगरेको बताइएको छ। न्यु साउथ वेल्सले भने रि-नोमिनेट को सुविधा दिएको छ।

विस्तृत समाचारको लागि : SBS News

Comments