पौडी खेल्ने क्रममा धादिङस्थित त्रिशुली नदीले तीन जना युवालाई बगाएको छ ।

साथीहरुसँग पौडी खेल्न पसेकामध्ये तीनजना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । वेपत्ता हुनेहरुमा नलुप राई, रेमन्त थापा र सुलभ गुरुङ रहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । बेपत्ता हुने तीनैजना ललितपुर नख्खीपोटका यूवाहरु रहेको छन् । उनीहरु धादिङको वेनिघाट गाविस–१ मलेखु नजिकै पिकनिक खान गएका थिए ।  पौडी खेल्न नदीमा पसेको बेलामा नदीले बगाएको हो

वेपत्ता भएका युवाहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

Comments