चर्चित गायक शिब परियार र बिद्या तिवारीको नयाँ देशभक्ति गीत रिलिज भएको छ । सर्जक माधब न्यौपाने र दिपक सापकोटाको सब्द सृजनामा तयार भएको गीतमा अराज केशब गिरीको सङ्गित रहेको छ ।

मलाई जन्माउने कोखको कसम …
म हुर्केको मेरो माटोको कसम…
मेरो देश ..

गीतमा देशभक्ति भाव व्यक्त गरिएको छ । देशभक्ति भावनालाई देखाइएको भिडियो नेपालका विभिन्न ऐतिहासिक स्थलहरू र पछिल्लो नेपाल भारतको सिमा बिबादमा नेपालले लिएको अडान र नया नक्सा सार्बजनिक जस्ता बिषयलाई पनि झल्काईएको छ । देश भक्ति गीत एमएम इन्टरटेन्टमेन्ट मार्फत सार्बजनिक भएको हो ।
नेपालीहरुको शान र इमान कहिल्यै नडगमगाउने भएको र बहादुर बिर गोर्खालीहरुले परि आएमा ज्यान देशको लागि दिन सक्छन भन्ने बिषयले उठान पाएको छ । बुद्ध, सिता,राम लबकुशको जन्म भएको देश , प्राकृतिक रुपमा रमणिय रहेको देश साच्चिकै प्यारो रहेको छ ।

Comments