अष्ट्रेलिया। अष्ट्रेलियामा रहेर नेपाली गीतसंगीतमा निरन्तरता दिइरहेका नेपाली युवाहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सागर कुँवर र कपिल सापकोटाको नयाँ म्युजिक भिडियो ‘के हो खै कुन्नी के’ युट्युब मार्फत सार्वजनिक भएको हो।

जीवनका भोगाइ र उत्प्रेरणालाई सांगीतिक रुपमा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियो लकडाउनको समयमा घरभित्रै छायांकन गरिएको बताइएको छ।

म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले बजारमा ल्याएको हो।

Comments