काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नको जवाफ दिने प्रतिनिधि सभाको कार्यसूची छ ।

त्यसैअनुसार बिहान ११ बजे संसद् सुरु भएलगत्तै प्रधानमन्त्री ओलीले जवाफ दिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Comments